नबिल बैंकद्वारा ऋणीलाई छुट


काठमाडौं, (नेस)
नबिल बैंकले ऋणीलाई शून्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोभिड–१९ बाट ऋणी गम्भीर समस्यामा परेपछि बैंकले छुट दिएको हो ।

बैंकले साउनमा सबै ऋणीलाई ब्याज घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भन्नुभयो–‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राख्दै हामीले सबै ऋणीलाई लाग्ने ब्याजदरमा छुट दिएका छौं ।’

‘कुनै व्यक्तिको अटो वा होम लोन छ वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउनेछ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैन्ँन् ।’

बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड रुपियाँ हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजनासमेत बनाएको छ ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।