अभयाको अरु संसार सार्वजनिक


रक ब्यान्ड अभया एण्ड द स्टिम इन्जिनको नयाँ गीत छ मेरो अरु संसार सार्वजनिक भएको छ। ब्यान्डको युट्युब च्यानल मार्फत् गीत सार्वजनिक गरिएको हो।

ब्यान्डकी फ्रन्ट लेडी अभयाले गीतमा स्वर मात्रै भरेकी छैनन्, शब्द रचनासमेत उनकै रहेको छ। साथै, नयाँ गीतको संगीत रचना, संयोजन र संगीत निर्माण स्वयं उनैले गरेकी छिन्। गीतमा गितारको जिम्मेवारी रिन्चेन पाल्जरले सम्हालेका छन् भने सोनम लामा भुटियाको बेस रहेको छ।

साथै, पियानोमा निकेश कार्की रहेका छन् भने ड्रममा रिन्चेन पाल्जर र नबिन थापा मगर रहेका छन्। ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेका छन्।

२०६० सालमा सुरुवात स्थापिति अभया एण्ड द स्टिम इन्जिन ब्यान्ड आप्नो छुटै किसिमको संगीतका कारण दर्शक तथा श्रोता माँझ लोकप्रिय छ। सार्वजनिक गीत आप्mनो लागि निकै महत्वपूर्ण रहेको अभयाले बताइन्।

‘यो गीतको प्रत्येक नोट, गितार सोलोदेखि ओर्केस्ट्राको संयोजन सबैमा मैले उत्तिकै मिहिनेत गरेकी छु’ अभयाको भनाई छ ‘संगीत पहिलेदेखि नै गर्दै आएपनि अब यसमा थप काम गर्ने सोच बनाएकी छु।’

सार्वजनिक गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। म्युजिक भिडियोमा महिर मल्ल र श्रृष्टि कार्कीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन अभया स्वयंले गरेकी छिन्।