सिन्धुपाल्चोकको लिदी पहिरोमा मृतकको संख्या २५ पुग्यो

0
Shares

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
पहिरामा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।