आईएफसीमा नेपालले लगानी थप्ने


काठमाडौं, (नेस) 
सरकारले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मा नेपालको शेयर लगानी थप गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शेयर थप्ने निर्णय गरेको हो ।

विश्व बैंक समूहअन्तर्गत रहेका ६ वटा निकायमध्ये आईएफसी एक हो । विश्वभर ऋण लगानी गर्दै आएको आईएफसीले पुँजी वृद्धिको नीति ल्याएपछि नेपालले आफ्नो आफ्नो शेयर नघट्ने गरी पुँजी लगानी गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपियाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । विद्युत् व्यापारका निम्ति अन्तर्देशिय विद्युत् प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण स्वीकार गर्ने पनि निर्णय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । साथै नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपियाँ अनुदानसमेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।