राजधानी उपत्यकामा २०५ कोरोना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मंगलबार काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३८ जना,ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तैआज देशभरका १०१६ जनामा कोरोना संक्रमण देखिएको छ भने ८५ जना संक्रमित निको भइ घर फर्किएका छन् ।