आज थप एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज एकैदिन देशभर एक हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको छ । आज थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको गौतमले जनाएका छन् ।