संक्रमणको शंका लागेको ५ दिनपछि गरिने पीसीआर मात्र प्रभावकारी

गलत समयमा हुने परीक्षणबाट गलत नतिजा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड संक्रमणको शंका लागेको ५ देखि १० दिनका बीचमा गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणले मात्र सही नतिजा दिन्छ । स्वास्थ्य अधिकारीहरु भन्छन् -‘जनसाधारणमा यो सूचना नपुगेकोले पिसिआर परीक्षणमा चाप बढेको छ । यसबाट महामारी नियन्त्रण र न्युनीकरणमा सहयोग पुग्दैन । जोखिमको प्रकृति हेरेर उच्च जोखिममा भएकालाई प्राथमिकताका आधारमा उपयुक्त समयमा परीक्षण गराउनु र संक्रमितको सम्पर्कमा भएकाको निगरानी गर्न सकियो भने महामारीलाई नियन्त्रणमा सफलता पाउन सकिन्छ । ‘

सोमबार महानगरले कन्ट्र्याक टे«सिङ्मा जाने स्वास्थ्यकर्मीका लागि आयोजना गरेको अभिमुखीकरणमा बोल्दै स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्ररवण सिंहले भन्नुभयो — सूचना व्यवस्थापन यसको अर्को महत्वपूर्ण अङग हो । संक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका संक्रमणको जोखिममा रहेका व्यक्तिहरुको पहिचान र उहाँहरुसँग सम्वाद गर्दा व्यक्तिलाई बिचलित हुनबाट बचावट गर्नुपर्छ । सजग हुने तर त्रसित नहुने वातावरण बनाउनु पर्छ । ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट््याक आइडन्टिफिकेसन’ का लागि महानगरको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा अभिमुखीकरण आयोजना गरेको हो ।
७० जनालाई २ समूह बनाएर सोमबार एक समूहलाई र मंगलबार अर्को समूहलाई अभिमुखीकरणमा सहभागी गराइएको बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

अभिमुखीकरणमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ट जनस्वास्थ्य अधिकृतहरु रामबहादुर नेपाली र कौशल सुवेदीले कोभिड १९ नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरु, ती मापदण्ड पालना गर्ने गराउने क्रममा स्थानीय स्वास्थ्यकर्मीले निर्वाह गर्नु पर्ने भूमिकाका बिषयमा प्रस्तुति गर्नुभएको थियो ।

संक्रमित, शंकास्पद रहेको, सम्भावित व्यक्तिहरुको पहिचान, सम्पर्कमा आएकाको पहिचान, अवस्थाका बारेमा परामर्श, सम्बन्धित अस्पतालसँग समन्वय, नमूना संकलन र द्रुत परीक्षणमा सहजीकरण, संक्रमण भएको, पहिचान, समुदायबाट अलग राखेर उपचार, आइसोलेसन सम्बन्धि स्वास्थ्य मापदण्ड अभिमुखीकरणका मुख्य बिषय थिए ।

यसै गरी सुपरीवेक्षण तथा अनुगमन, तथ्याङ्क संकलन, बिश्लेषण, प्रतिवेदन र रिपोर्टिङ्, सम्बन्धित वडाका जनप्रतिनिधि, प्रहरी, महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गर्ने, तोकिएका फारम भर्ने, फलोअप गर्नेलगायत बिषयमा पनि अभिमुखीकरणमा समेटिएका थिए ।
ट्रेसिङ् स्थानीय सरकारले व्यवस्थापन गर्नु पर्ने काम हो । भाइरसको संक्रमण भएका व्यक्ति नजिक उच्च जोखिममा भएकाहरुलाई बचाउन, संक्रमणको श्रोत र सम्पर्क भएका व्यक्ति पहिचान हुन जरुरी छ । सरकारले जारी गरेको ‘स्टान्डर्ड अपरेसन प्रोसिडोर (एसओपि) केस इन्भेष्टिगेसन एण्ड कन्ट्र्याक ट्रेसिङ् फर्म’ ले संक्रमण फैलिन नदिन र उच्च जोखिममा भएका व्यक्तिलाई बचाउने कामलाई व्यवस्थापन गरेको छ ।

६० बर्ष माथिका मानिसहरु, दीर्घ रोग भएका, गर्भवती संक्रमणको उच्च जोखिममा रहने बर्ग हुन् । हात धुनु र भौतिक दुरी कायम राख्नु संक्रमणबाट बच्ने मुख्य उपाय हुन् । भाइरस संक्रमण फैलिने चक्र भत्काउन कन्ट््याक टे«सिङ्मा काम गर्नेको ठूलो भूमिका हुन्छ ।
कन्ट्र्याक टे«सिङ् गर्ने क्रममा बिरामीसँग लिइने अन्तरवार्ताको सीप, सम्पर्कका आएका व्यक्तिहरुको जोखिम बर्गीकरण, निगरानी गर्नुपर्ने व्यक्तिहरुको सूची तयार गर्ने कामलाई अभिमुखीकरणमा प्रस्तुति गरिएको थियो । परीक्षण, उपचार र टे«ेसिङ् गरी ३ चरणका प्रभावकारी कामबाट कोरोना नियन्त्रण गर्न सकिने र यस काममा स्वास्थ्यकर्मीको ठूलो भूमिका हुने भएकोले आफू बचेर अरुलाई बचाउन सक्छु भन्ने आत्मबिश्वाश लिएर काम गर्नु पर्नेमा महाशाखाका अधिकारीको जोड थियो ।

सरकारले जारी गरेको स्टान्डर्ड अपरेसन प्रोसिडोर (एसओपि) केस इन्भेष्टिगेसन एण्ड कन्ट्र्याक ट्रेसिङ् फर्ममा शंका गरिएको (सस्पेक्टेड), प्रोबाबल (सम्भावना भएको), कम्फर्म केस (एकिन भएको), क्लोज कन्ट्याक हाइ रिक्स कन्ट्याक को (सम्पर्कका कारण उच्च जोखिममा रहेको), पहिचान गर्न परिभाषा दिईएको छ । केस इन्भेष्टिगेसन टिमको व्यवस्था, टिममा रहने जनशक्ति सम्बन्धि व्यवस्था, फलो अप, सम्पर्क गर्नु व्यक्तिलाई पहिलो दिनदेखि १४ दिन सम्म गरिने निगरानीका क्रियाकलाप, संक्रमण भएको व्यक्ति र यस्ता व्यक्ति सम्पर्क भएका व्यक्तिसँग गरिने अन्तरवार्ता, यस क्रममा अपनाउनु पर्ने सावधानीलाई निर्देशिकामा राखिएका छन् । त्यस्तै केस रिपोर्टिङ्का लागि फारमको ढाँचा पनि दिइएको छ ।

ट्रेसिङ्का लागि ४ प्रकारका फारमहरु भरिनेछन् । त्यसमध्येको पहिलो फारम बिरामीको अवस्थाका बिषयमा जानकारी लिन/राख्न उपचारमा सम्लग्न चिकित्सकले भर्नेछन् । दोश्रो फारम, बिरामीसँग भेटेर कुराकानी गर्दै बिरामीको सम्पर्कमा आएका व्यक्तिको जोखिम पत्ता लगाउन सूची तयार पार्न भरिने फारम हो । यो फारम टे«सिङ्मा जाने व्यक्तिले व्यक्तिगन सुरक्षा उपकरण लगाएर बिरामीसँग भेटेर कुराकानी गर्दै भरिन्छ । तेश्रो फारम विरामीले सम्पर्क गरेका व्यक्तिहरुको अवस्था थाहा पाउन उनीहरुलाई भेटेर कुराकानी गर्दै भर्ने फारम हो । यसैगरी चौथो फारम सम्पर्कमा भएका व्यक्तिहरुको निगरानी गर्न भरिने फारम हो । यी कामहरु ९ चरणमा हुनेछन् भने उच्च जोखिम निर्धारण गरेर यस बर्गका मानिसमाथि पहिलो चरणमा निगरानी बढाइनेछ ।

महामारी तथा रोग नियन्त्रण कार्यलाई बिधिगत रुपमा सञ्चालन गर्न काठमाडौं महानगरले कार्यपालिका बैठकबाट कोभिड — १९ संक्रमित र सम्पर्क व्यक्ति पहिचान अनुसन्धान तथा खोजतलास कार्यदल परिचालन निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यही निर्देशिकाका आधारमा जनस्वास्थ्य वा हेल्थ असिस्टेन्टमध्येबाट १ जना, ल्याब टेक्निसियन वा सहायक टेक्निसियनमध्येबाट १ जना र अहेव वा अनमिमध्येबाट १ जना गरी ३ सदस्य रहेको कन्ट्र्याक ट्रेसिङ् समूह बनाएर परिचालन गरेको छ ।