सिरहाका ५ संक्रमित कोरोना जितेर घर फर्किए

0
Shares

सुभेन्द्र दास, लहान ।

सिरहामा पाँच जना कोरोना जितेर घर फर्किएका छन् । चन्द्र माध्यमिक विद्यालयको आईसोलेसनमा उपचाररत पाँच जना कोरोना जितेर घर फर्किएका हुन् ।

सिरहा नगरपालिका १४ का १९ वर्षिय पुरुष, कल्याणपुर नगरपालिका ३ का २२ वर्षिया महिला र २४ वर्षिय पुरुष, कर्जन्हा नगरपालिका ८ का ३४ वर्षिय पुरुष र मिर्चैया नगरपालिका ६ का २९ वर्षिय पुरुष कोरोना जितेर घर फर्किएको चन्द्र माध्यमिक विद्यालय आईसोलेसन वार्डका इन्चार्ज डा. सरबिन्दर मण्डलले बताए ।

चन्द्र माध्यमिक विद्यालय आईसोलेसनमा २३ जना र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा ३२ जना गरी ५५ जना कोरोना संक्रमित भएर उपचाररत रहेको डा. मण्डलले बताए ।