न्युज अफ नेपाल, काठमाडौं ।
आज थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।यस्तै, आज थप १ सय ६० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ । हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।











प्रतिक्रिया