यस वर्षको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ श्रेष्ठलाई


न्युज अफ नेपाल, काठमाडौं ।

हरेक वर्ष प्रदान हुँदै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा भएको छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले ३३ औं स्थापना दिवसको अवसरमा यस वर्ष सहकारी खबर डटकमका सम्पादक श्रेष्ठलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।

पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रका सूचना र गतिविधिहरुलाई सदस्य, सञ्चालक एवं सरोकारवाला निकायहरु समक्ष उचित स्थानका साथ सम्प्रेषण कार्यमा संलग्न गरेका कारण श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने लागिएको सहकारीले बताएको छ ।