जाजरकोटमा पहिरोको जोखिम बढेपछि स्थानियले घर छोडे


बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोटमा पहिरोको जोखिम बढ्न थालेपछि स्थानियले घर छोड्न बाध्य भएका छन् ।

शनिवार देखि परेको अविरल वर्षका कारण छेडागाड नगरपालिका १ साल्मा सोडारीका ८ घरपरिवारले पहिरोको जोखिम बढेकाले घर छोडेर सुरक्षित स्थान आफन्त कहाँ बसेका छन् ।

गत शनिवार देखि निरन्तर रुपमा परेको बर्षातले घरका आँगन पेटी गाईगोठमा पहिरो गए पछि छेडागाड नगरपालिका १ साल्मा सोडारीका ८ घरपरिवार विस्थापित भएका छन् । पहिरोको जोखिम बढेपछि विस्थापित हुनेहरुमा छेडागाड नगरपालिका १ सोडारीका बुदे कामी, जसे कामी नरविर कामी, धने कामी, बल बहादुर नेपाली,विरवल नेपाली, पर्शे नेपाली, लालमणि नेपाली, कृष्णा प्रसाद जैसी र भवानीराम जैसीको घरका आँगन पेटी लगाएत गाई गोठ घर भन्दा तल माथी पहिरो गएपछि घर नै छोडेर विस्थापित भएका छन् ।

वर्षासँगै पहिरो जान थालेपछि स्थानियहरुले उक्त घर परिवारलाई घरमा नवस्ना अनुरोध गरेपछि ८ घरपरिवार विस्थापित भएको छेडागाड नगरपालिका १ सोडारीका भागीराम जैसीले वताउनु भयो । अविरल बर्षाले घर लगाएत सयौ रोपनीमा लगाएको धान,मकै बाली, फलफुल खेती पहिरोले नष्ट गरेको स्थानिय जैसीको भनाई रहेको छ ।

निरन्तर रुपमा बर्षात भएपछि ठाँउ ठाँउमा पहिरोको जोखिम बढ्दै गएकोले भिरालो जमिनमा घर निर्माण गरी बसोवास गरेका स्थानियबासी त्रसित वन्दै गएका छन् । पहिरोको जोखिममा परेका घरका नागरिकहरु बर्षा भईरहेको बेला दिन रातभरी जाग्राम बस्ने गरेको स्थानिय जैसीले बताउनु भयो ।

विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा बसाल्न स्थानिय सरकार छेडागाड नगरपालिकाले पहल गर्नु पर्ने बताउनु भयो ।