ट्रम्पलाई कपाल नुहाउन पानी नपुग्दा नियम परिवर्तनको तयारी


वासिंगटन (एजेन्सी) ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नुहाउने क्रममा कपाल पखाल्न समस्या भएपछि सरकारले अब सावर वाटर प्रेशर नियममा परिवर्तन गर्ने योजना बनाएको छ ।

यसका लागि उर्जा विभागले प्रस्ताव पनि पेश गरिसकेको छ । अमेरिकी नियम अनुसार कपाल नुहाउन प्रति मिनेट ९ दशमलव ५ लिटर पानी पाउँछ । ट्रम्पले केही दिन अघि मात्र भनेका थिए ( सावरहेड्सको यो सीमा बढाउनु पर्छ । जब म टाउको नुहाउन जान्छु , पानी पर्याप्त आउँदैन ।

अमेरिकामा सन् १९९२ को एक कानुन अनुसार सावरहेड्सबाट प्रति मिनेट साढ ९ लिटर भन्दा धरै पानी छोड्न पाउँदैन । सावरहेड्सले पर्याप्त पानी नदिने तर आफनो कपाल ठीक देखिनु पर्ने भएकोले धेरैबेर सावरहेड्स तल बसिरहनु पर्ने हो की भन्ने प्रश्न ट्रम्पले राखेका थिए ।

यसबीच उपभोक्ता अधिकारका लागि काम गर्ने संगठनहरुले नियममा परिवर्तन गर्नुले पानी धेरै खेर जाने बताएका छन् । एक उर्जा संरक्षण समुहका कार्यकारी एन्ड्रयु डेलास्कीले भने , सरकारको प्रस्ताव मुखर्तापुर्ण छ । यदि राष्ट्रपति राम्रो सावरहेड्स लिन चाहन्छ भने हामी उनलाई राम्रो सावहेडको जानकारी दिने कन्जुमर वेवसाइटका बारेमा बताउन सक्छौं ।

एक उपभोक्ता विशेषज्ञ डेविड फ्राइडम्यानले अमेरिकामा घर घरमा राम्रो गुणस्तरको सावरहेड लगाइएको बताए । यसमा प्रश्न उठाउन नहुने उनले बताए ।

केही विशेषज्ञहरुले यो मामिला अदालतमा पनि पुग्न सकिने बताए । गत बर्ष ट्रम्पले ह्वाइट हाउसमा ब्यवसायिहरुको एब बैठकमा मानिसहरु १० १५ पटक ट्वाइलेट फ्लस गर्छन् जबकी यो एक पटक मात्र हुनु पर्ने कुरा गरेर सबैलाई चकित पारेका थिए ।