अमेरिकी शोधकर्ताले पत्ता लगाए कोरोना संक्रमणको लक्षण


न्युयोर्क (एजेन्सी) ।

अमेरिकी शोधकर्ताले मानवमा कोविड १९ को सम्भावित लक्षणको क्रम डिकोड गरेकोछ । यस अन्तर्गत कोरोना संक्रमित भएमा सबैभन्दा पहिला ज्वरो, त्यसपछि खोकी, मांसपेशी दुखाई, अप्ठ्यारो महसुस हुनु वा वान्ता हुन र पखाला चल्नु पर्छ ।

कोविड १९ लक्षणका क्रम थाहा पाउनुले रोगीलाई तत्काल चिकित्सा मद्दत प्राप्त हुन सक्ने वा छिटो भन्दा छिटो सेल्फ आइसोलेसनलाई लिएर निर्णय लिन मद्दत हुने फाइदा हुन सक्छ ।

फ्रन्टियर्स इन पब्लिक हेल्थ नामक पत्रिकामा प्रकाशित शोधका अनुसार लक्षणका क्रमको पहिचानले चिकित्सकहरुलाई रोगीको उपचार योजना बनाउन मद्दत मिल्न सक्छ । सम्भवत यो रोगलाई सुरुवाट मै नियन्त्रण गर्न मद्दत मिल्न सक्छ ।

अमेरिकाका दक्षिणी क्यालिफोर्निया विश्व विद्यालयका शोध लेखक पिटर कुनले भने – ‘यो क्रम विशेष रुपमा हामीलाई कोविड १९ संक्रमणको लक्षण जस्तै हुने रुघा जस्ता रोगको चक्रबाट कहिल ठीक हुन सक्छ भन्ने कुरा थाहा पाउनका लागि महत्वपुर्ण हुनेछ।’
शोधका अर्को लेखक जोसेफ लार्सनले भने – ‘यसमा कोविड १९ को उपचारका लागि अब उपयुक्त दृष्टिकोण उपलब्ध छ । जसलाई पहिचान गरि संक्रमणको सुरुवाट मै विरामीलाई अस्पतालमा भर्ना गर्न सकिनेछ ।’

ज्वरो र खोकी प्राय विभिन्न प्रकारका स्वास सम्बन्धी रोगीसँग जोडिएको हुन्छ । जसमा मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) र सार्स पनि पर्छ । तर माथिल्लो र तल्लो गेस्ट्रोइनेस्टाइनल ट्य्राक्टका लक्षण हेरेपछि कोविड १९ को पहिचान गर्न सकिने छ ।

वैज्ञानिकहरुले लेखेका छन् – माथिल्लो गेस्ट्रोइनेस्टाइनल ट्य्राक्ट (वान्ता तथा पेट उठलपुठल हुनु), तल्लो गेस्ट्रोइनेस्टिनल ट्य्राक्ट (पखाला लाग्नु) बाट प्रभावित हुन्छ भने यो कोविड १९ को लक्षण हो र यो मर्स तथा सार्स भन्दा विपरित छ ।

शोधकर्ताहरुले विश्व स्वास्थ्य संगठनका तर्फबाट चीनमा ५५ हजार भन्दा धेरै कोरोना संक्रमितहरुबाट संकलित लक्षणहरुको दरलाई अध्ययन गरी यस संक्रमणका लक्षणहरुको क्रमको भविष्यवाणी गरिएको हो ।