नेपाली पासपोर्टको रङ फेरिने


न्युज अफ नेपाल, काठमाडौँ ।

अब नेपाली पासपोर्टको रङ परिवर्तन हुने भएको छ ।

साउन २६ गते नेपाल राजपत्रमा प्रकाशित राहदानी नियमावली २०७७ मा पासपोर्टको रङ परिवर्तन गरिने बताइएको छ । हरियो रंगको पासपोर्ट अधिकांश मुस्लिम देशहरुमा प्रयोग हुने गरेको छ ।

राजपत्रमा प्रकाशित नयाँ नियमावली अनुसार अब साधारण पासपोर्टको रङ चकलेटी खैरो हुनेछ । कुटनीतिक राहदानीको रङ भने रातो नै राखिने भएको छ । विशेष राहदानीको आकाशे नीलो रङनै कायमै छ भने सर्भिस राहदानी भनेर सुन्तला रङ थपिएको छ। सर्भिस राहदानी विदेशस्थित नियोगमा खटिने कर्मचारीका लागि हो।