बालुवाटारमा ओली, दाहाल र देउवाबीच छलफल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

आज बसेको सचिवालय बैठकलगत्तै शेरबहादुर देउवा र नेकपा अध्यक्षद्वयबीच छलफल चलेको हो । छलफलका लागि प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटारमा आमन्त्रण गरेका थिए ।

नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालयमा रोकिएका नियुक्तिलगाएत विषयमा छलफल भइरहेको जनाइएको छ ।