चितुवाको आक्रमणबाट स्याङ्जामा एक वृद्ध घाइते


भूपराज बस्याल, स्याङ्जा ।

आइतबार राती चितुवाको आक्रमण बाट स्याङ्जा जिल्ला वालिङ् नगरपालिका ११ स्वरेक टापुका ६७ बर्षिया खगेश्वार पङेनी घाइतेको हुनुभएको छ ।

घरमा भैंसी ब्याएर घरको आगनमा बसेर कुरिरहेको बेला रातको करिब २ बजे एक्कासि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । आक्रमण गरे लगत्तै चितुवा भागेको हुँदा घाइतेको टाउको र दुबै हातमा मात्रै चोट लागेको उहाँले बताउनुभयो ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् मा उपचार पछि थप उपचारको लागी पोखरा रिफर गरिएको भएपनी घाइते अवस्था गम्भीर नभएको हुँदा घर परिवारले घर लगेको पनि अधिकारीले जानकारी दिनुभयो ।