२१ वर्षदेखि निरन्तर स्काभेटर चलाउँदै एक महिला


सरस्वती न्यौपाने, रसुवा ।  

अन्तराष्ट्रिय चिन सँगको स्याफ्रुवेसी-रसुवागढी सडक खण्डमा पहिरो पन्छाउन स्काभेटर चलाउने महिला चालक रहेकी छन् । जसले २१ वर्ष देखि निरन्तर चलाउदै आएकी हुन् ।

नेपालकै पहिलो महिला स्काभेटर चालक रहनु भएकी तनहुँ आबुखैरेनी मा जन्मनु भएकी मुना घिमिरे रसुवामा साउन १० गते देखि सडक विभागको हेभी इक्युपमेन्ट चालक अर्थात स्काभेटर चालकको रुपमा स्याफ्रुवेशी-रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काममा लागीरहनु भएको छ ।

२०५६ साल साल देखि स्काभेटर चलाउन थाल्नु भएको उहाँ २०५६ सालमा ज्यालादारीमा सरकारी सेवामा प्रवेश गरे पनि स्थायी भएको करिव ६ वर्ष भयो । उहाँ महिला कोटामा भन्दा पनि खुल्ला प्रतिष्पर्धा गर्न कोही नआउने भएकाले वर्षेनी सो कोटा त्यतिकै खेर जाने भएकाले पनि उहाँले अठोट गर्नु भयो हामीमा पनि साहस भयो भने गर्न सक्छौ भनेर स्काभेटर चलाउन थाल्नु भयो । उहाँले शुरुमा लामा स्वदेश निर्माण सेवा कम्पनीबाट स्काभेटर चलाउन सिकेको बताउनुहुन्छ ।

उहाँको परिवारमा छोरी मात्र भएकाले परिवार र समाजले हेर्ने दृष्टिकोण छुट्टै हुन्थ्यो कक्षा नौ पढ्दा पढ्दै छोडेर समाजलाई देखाउन भएपनि स्काभेटर चलाएर देखाउने अठोटका कारण आज सफल ड्राइभिङ गरि रहनु भएको छ ।

सरकारी सेवामा प्रवेश गर्न पढाई चाहिने भएकाले पढाइ छोडेको १५ वर्ष पछि २०६९ सालमा उनले ५६.८८ प्रतिशत ल्याएर पास गर्नु भयो उहिले मुन घिमिरेले व्यचलर पुरा गरेकी छन् । उनको श्रिमान भने मुना एण्ड राज कन्स्ट्रक्सन प्रा.लि. दर्ता गरेर काम गरिरहनु भएको छ ।

२०६२ सालमा चार पाङ्ग्रे र २०६४ सालमा स्काभेटरको लाइसेन्स लिनु भएको छ । वर्षाको समयमा माथि ठुला भिर जति बेला पनि पहिरो झर्न सक्छ तर गरेको काम सफल भएपछि मनबाट डर भाग्छ उहाँ बताउनु हुन्छ । सानै देखि आटिलो काम गर्न रुचाउने उहाँ सिन्धुपाल्चोक , काठमाण्डौ लगाएतका जिल्लाहरुमा काम गरिसक्नु भएको छ ।

आफुले काम गरेको ठाउँहरु मध्ये गल्छी-त्रिशुली, मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक खण्ड चाही अली गाह्रो ठाउँ रहेको ले रसुवा परिहो को जाखिम जिल्ला हो । रसुवागढी सडक खण्डको सबैभन्दा जोखिम क्षेत्र भनेको कुलङ क्षेत्रमा रहेको उहाँ बताउनुहुन्छ । आफुले गरको काममा सन्तोश रहेको छ । १९ वर्ष देखि सवारी चालकको पेशामा लागेर २१ वर्ष देखि उहाँ ले हेभि इक्युपमेन्ट चलाएरै आफ्नो जिव विताउनु भयो ।

महिलाहरु यसरी जोखिम पुर्ण काममा कमै भेटिन्छन् । त्यस मध्येको मुना घिमिरे एक हुन जसले गर्दा आम महिलाहरुको प्रेरणाको श्रोत बनेको छ । ज्यान नै धरापमा राखेर काम गर आफ्नो पहिचान बनाएर अगडी बढेकोमा यस्ता महान छोरीहरुलार्य सम्मा छ भन्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले धन्यवाद व्यक्त गर्नु भयो ।