अलमलमा लकडाउन


विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को महामारीले नेपाल पनि प्रभावित बनेको छ । सरकारले चार महिनालामो लकडाउन गर्दा नियन्त्रणमा रहेको कोरोना संक्रमण लकडाउन खुलेपछि ह्वात्तै बढेको छ । नेपालमा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले पूर्ण रुपमा लकडाउन घोषणा गरेको थियो । सरकारले गतचैत्र ११ गतेबाट लागू गरेको लकडाउन चार महिना जारी राखेको थियो ।

चौतर्फी दबाब परेपछि अन्ततः सरकारले पूर्ण रुपमा लकडाउन खुलाभएको घोषणा ग¥यो । लकडाउन खुला भएपछि भिडभाड पुरानै अवस्थामा देखिनथाल्यो । लकडाउनमा काठमाडौंमा जीविका चलाउँदै मुस्किलभएर गाउँ गएकाहरु धमाधम काठमाडौं लगायतका शहरी क्षेत्रमा फर्कने क्रमपनिह्वातै बढ्यो । सरकारले लकडाउन खुला गरेपछिआफ्नो दायित्व पूरा भएको सम्झियो सायद ।

लकडाउनको समयमा समुदायस्तरमा फैलिननपाएको कोरानाको संक्रमण अहिले काठमाडौं उपत्यकाको टोलटोलमा पुगेको छ । तराई क्षेत्रमा कोरोनाले झन बढी त्रास फैलाएको छ । कोरोनाको खोप पत्ता लगाएको दावी गरिएको छ । तर त्यो भ्याक्सिन नेपालमा आइ पुग्न अझै लामो समय लाग्ने देखिन्छ ।

दैनिक रुपमाकोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सरकारले पहिलो नागरिकहरुको जीवन रक्षागर्ने कुरालाई प्राथमिकतामा राखे पनि व्यावहारिक रुपमा काम भने गर्न सकेको छैन । सरकारले चार महिना लकडाउन गरेर नियन्त्रणको प्रयास गरेपनि सीमानाका व्यवस्थित गर्न नसक्नु विडम्बना बन्नपुग्यो ।

लकडाउन जीवन रक्षाकै लागिगरिएको थियो । तर सरकारले केहीव्यक्तिविशेष र समुदायको दबाबमा परेर लकडाउन पूर्ण रुपमाखुलागर्ने निर्णयको परिणाम अहिले दैनिक रुपमाकोरोना संक्रमित बढिरहेका छन् । कोरोनाभाइरसको नियन्त्रण र रोकथाम लकडाउनमात्र त हुन सक्दैन । तर सावधानीका उपायहरु अबलम्बन नगर्दाको परिणाम भयावहबन्दै गएको छ ।

नागरिकहरुले अधिकारको नाममा सरकारविरुद्ध दिएको दबाबगलतथियो भन्ने पुष्टि भएको छ । लकडाउन सुरु भएपछि सरकारले स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखाएको अपारर्दशिताले जनजनमाप्रश्न खडा गरेको छ । अझैसम्म सरकारले यसको नागरिकहरुलाई चित्तबुझ्दो जवाफदिएको छैन । कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले अरबौ रुपैयाँखर्च गरेको छ । तर कति सदुपयोग भयो भन्ने प्रश्नपनि उठेको छ ।

सरकारले लकडाउन व्यवस्थापन ठीक किसिमले नगरेर कतै त्रुटि त गरिरहेको छैन ?सरकारले दुई जना संक्रमितहुँदा लकडाउन गर्ने दैनिक ६ सयभन्दा बढी संक्रमितहुँदापनिकिन लकडाउन व्यवस्थापनगर्न आवश्यक ठानिरहेका छैन ?कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दासमेत सार्वजनिक सवारी साधननिर्वाध रुपमा सञ्चालनगर्न दिएर देशलाई थप कुन दिशातर्र्फ लैजान खोजिरहेको छ ?

स्वास्थ्य क्षेत्रका विज्ञहरुले दुई साताअघि प्रधानमन्त्री केपीशर्मा ओलीले गर्नुभएको छलफलमा तत्काल लकडाउन गर्न सुझाव दिए पनि सरकारले कार्यान्वयन गरेन । यसैगरी व्यवसायीले लकडाउन गर्नहुन्न भनेर पनि सरकारलाई उत्तिकै दबाबदिएका छन् । त्यसैले सरकारले संघीय रुपमा लकडाउन नगर्ने तर स्थानीय सरकारलाई नै यो जिम्मेवारी दिने निर्णय गरेको छ । तर, नागरिकमाअलमल र भ्रमसिर्जनाभएको छ । यसको व्यवस्थापन आवश्यक छ ।