५ अधिकृतलाई कोरोना संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकाका सबै सेवा बन्द

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि नगरका सवै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ ।

बुटवल उपमहानगरपालिकाका ५ जना अधिकृतलाई कोरोना संक्रमण देखिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म कोभिड ,स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । बुटवल उपमहानगरपालिकाले विहिवार राती देखि लकडाउन लागु गरेको भएपनि लकडाउनको औचित्य पुष्टि हुन सकेको छैन ।

नगरमा मानिस र सवारी साधनको चाँपलाई हेदा लकडाउनको खासै औचित्य देखिदैन । लकडाउनलाई कडाई गर्न सकिएन भने बुटवलमा कोरोनाले महामारीको रुप लिने निश्चित जस्तै देखिएको छ ।

बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ५० जनाको संख्यामा संक्रिय कोरोना संक्रमित थपिएको नगरपालिकाले जनाएको छ ।

बुटवल नगरपालिकाले गरेको लकडाउनमा कर्मचारीले काम नगर्ने तर वजार भरी भिडभाड गर्नुले लकडाउनको औचित्य कसरी पुष्टि हुन्छ ।
बुटवल नगरपालिकाले लकडाउनलाई कडाई गर्न गम्भिर हुन जरुरी देएिको छ ।

उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आईतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ । सोमवारदेखि बुटवलमा थप कडाई हुने नगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले बताउनु भयो । प्रदेशको अस्थायी राजधानी, पुर्व पश्चिम र उत्तर दक्षिणको राजमार्गको बुटवल केन्द्र भएकाले पनि वढी भिडभाड भएको प्रवक्ता रेग्मीले बताउनु भयो । सोमवार देखि हुने कडाईलाई आजवाटै माईकिगं गरिने र वडावडावाट सूचना जारी गरिने समेत उहाँले बताउनु भयो ।