प्रहरी अस्पतालमा कार्यरत डीआईजीसहित ३७ मा कोरोना संक्रमण

0
Shares

जनादेश, काठमाडौँ ।

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो । सो रीक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै, आइतबार बिहानसम्म ६२० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जसमध्ये २४० जना कोरोना मुक्त भइसकेका छन् ।