नेप्सेमा झिनो सुधार


नेपाल समाचारपत्र, काठमाडौं
अघिल्लो दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको छ । यस दिन नेप्से १ दशमलव ५१ अंकले बढेर १४२५ दशमलव ३२ बिन्दुमा पुगेको छ ।
कुल १८८ कम्पनीका ३० लाख ३२ हजार कित्ता शेयर ९५ करोड १९ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य २ अंकले बढेर २९७ दशमलव २९ बिन्दुमा पुगेको छ । बुधबार कारोबार भएका १२ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

बढ्ने समूहहरूमा बैंकिङ समूहको परिसूचक ३ दशमलव ८१ अंक, होटल समूहको परिसूचक शून्य दशमलव ७४, निर्जीवन बीमा समूहको परिसूचक ३९ दशमलव शून्य ८, उत्पादन समूहको परिसूचक शून्य दशमलव ३१, जीवन बीमा समूहको परिसूचक ६ दशमलव ७७ र सामूहिक लगानी कोष समूहको परिसूचक शून्य दशमलव शून्य ९ अंकले बढेको छ ।

यस्तै व्यापार समूहको परिसूचक ४ दशमलव ९३ अंक, विकास बैंक समूहको परिसूचक १० दशमलव ८३ अंक, जलविद्युत् समूहको परिसूचक ३ दशमलव ३४ अंक, वित्त समूहको परिसूचक ४ दशमलव ४२ अंक, अन्य समूहको परिसूचक १ दशमलव ५१ अक र लघुवित्त समूहको परिसूचक ६ दशमलव ७४ अंकले घटेको छ ।

बुधबारको कारोबार रकमका आधारमा युनाइटेड इन्स्योरेन्स कम्पनी अग्र्रस्थानमा रहेको छ । सो कम्पनीका ६करोड २० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको । यस्तै नेपाल पुनर्बीमा कम्पनी पनि ६ करोड ३ लाख रुपिया“को शेयर किनबेच भएको छ । यस दिन सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ ।

साथै घलेम्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव २६ प्रतिशतले बढेको छ । तर, युनियन हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ६ दशमलव ४५ प्रतिशतले गुमाएका छन् । साथै आँखुखोला जलविद्युत् कम्पनी, नेपाल फाइनान्सलगायतका कम्पनीको शेयर मूल्य पनि घटेको छ ।