शारदाले ल्याइन् तीजको लहर

0
Shares

सञ्चारकर्मी तथा गायिका शारदा थापाले आफ्नो यस वर्षको तीजका अवसरमा तीज गीत तीजको लहर गाउ“ शहर सार्वजनिक गरेकी छिन्।
शारदाको स्वर रहेको गीतमा जीवन प्याकुरेलको शब्द तथा जय देवकोटाको लय रहेको छ। केही वर्षयता तीजको अवसरमा दर्शकका लागि तीज गीत पस्कि“दै आएकी शारदाले सञ्चारकर्म स“गस“गै आफ्नो गायन यात्रालाई पनि अगाडि बढाइरहेकी छिन्। उनको यो तेस्रो तीज गीत हो।
गीतमाथि बनेको आकर्षक म्युजिक भिडियोमा थापा स्वयंले अभिनय र नृत्य गरेकी छिन्। मदन खड्काको निर्देशन रहेको भिडियोमा वीरेन्द्र भट्टको छायांकन रहेको छ। भिडियो अमृत चापागाईंले सम्पादन गरेका छन्।