तीज गीतको भिडियोमा नेपाली फिल्मकी कान्छी


कान्छीका नाममा सुपरिचित अभिनेत्री शर्मिला मल्ल लामो समयको अन्तरालपछि पुनः काँचको पर्दामा देखिएकी छिन्। अभिनेत्री मल्ल तीज पर्वका अवसरमा तयार पारिएको एक तीज गीतको म्युजिक भिडियोमा देखिएकी हुन्।
शर्मिला लोकप्रिय गायिका देविका बन्दनाको स्वरमा सजिएको तीज गीत छम छम बजाउँदै चुराको म्युजिक भिडियोमा देखिएकी हुन्। म्युजिकि भिडियोसहित हालै सार्वजनिक भएको यो गीत गायिका देविका बन्दनाको यो वर्र्षको दोस्रो तीज गीत हो। दर्जनौं लोकप्रिय गीतमा आफ्नो सुमधुर स्वरले करडौं दर्शक स्रोताको मन जित्न सफल वरिष्ठ गायिका देविका बन्दना आफैंमा स्थापित गायिका हुन्।

गीतको म्युजिक भिडियोमा शर्मिलाका साथमा मोडल सुजना बर्देवा, सोनी कारञ्जित र इन्ता श्रेष्ठलगायतलाई फिचरिङ गरिएको छ। पछिल्लो समयमा टिकटकमा लोकप्रिय भइरहेकी अभिनेत्री मल्लको यो पहिलो तीज गीत म्युजिक भिडियो हो। गीतमा शोभा केसीको शब्द रचना, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज रहेको छ। सञ्चारकर्मी तथा निर्देशक सूर्य चन्दद्वारा निर्देशित म्युजिक भिडियोको कोरियोग्राफी शिव विकले गरेका छन्।