आज सुनको मूल्यमा गिरावट


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख २ हजार एक सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।