तीजका लागि फूलबुट्टे सारी


तीज पर्वलाई लक्षित गरी तयार पारिएको तीज गीत फूलबुट्टे सारी म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। बिन्दु परियारको स्वर तथा शान्तिप्रियको शब्द, सुदीप सागरको एरेन्ज तथा संगीतमा गीत सार्वजनिक भएको हो।
रंग पत्रकार एवं गीतकार शान्तिप्रियले यो तीजमा तीन गीत लेखेका छन्। जसमये उनको यसअघि रातो सारी बोलको गीत सार्वजनिक भइसकेको छ। रिलिजका हिसाबमा फूलबेट्टे सारी उनको दोस्रो गीत हो। सिफनको सारी बोलको उनको तेस्रो गीत आउने क्रममै छ। गायिका बिन्दु परियारको यस वर्षका लागि यो पहिलो तीज गीत हो। फिल्म एवं आधुनिक गीत गायनमा चर्चित बिन्दुले फूलबुट्टे सारी मौलिक गीत भएको बताइन्।
गीतको म्युजिक भिडियोमा अभिनेत्री अनामिका चौलागार्इं मोडलका रूपमा छिन्। यस वर्ष तीजमै पनि उनले तीन गीतमा मोडलिङ गरेकी छन्। भिडियोमा नाँच्न सक्दो मेहनत गरेको उनले बताइन्। भिडियोको कोरियोग्राफी राजीव बलामीले गरेका छन्। सम्पादन पनि उनी आफैंले गरेका छन्। छायांकन राजु केसीको रहेको छ। भिडियो सीसी नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।