पार्टी बिभाजन बिरुद्ध उत्रिए नेकपाका सांसद

0
Shares

 

 

काठमाडौ। बिभाजनको संघारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएका छन ।
आज पत्रकार सम्मेलन गर्दै उक्त हस्ताक्षर सार्वजनिक गर्ने र पार्टी नेतृत्वलाई बुझाउने तयारी सांसदहरुले गरेका छन ।
पार्टीमा विभाजनको खतरा बढेपछि दुईवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलनलाई तीव्रता दिएका थिए गरेका थिए।

७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र त्यसपछि दललाई बुझाउने कार्यक्रम रहेको सांसद विशाल भट्टराईले जानकारी दिए।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।

पार्टी विभाजनको अवस्थामा पुग्न थालेपछि एक महिनाअघि देखि नै सांसदहरुबीच हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए ।