भारतीय बिदेशमन्त्रीको बिवादास्पद भनाई, गौतम बुद्ध भारतीय नागरिक भएको दावी

0
Shares

 

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन ।
नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतीय आफ्नो नागरिक भएको दावी गरेपछि यसले उग्र रुप लिने संभावना बढेको छ ।

भारतीय बिदेश मन्त्री जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भएका बताएका हुन ।

उनले सम्बोधनका क्रममा भनेका छन्, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छन ।’

भारतको सत्तामा रहेका व्यक्तिले बुद्धलाई भारतीय भनेको यो पहिलो पटक होइन। बारम्बार यस्ता दाबी आउने गरेका छन् र नेपालले त्यसको विरोध गर्ने गरेको छ।