संखुवासभा पहिरोमा पुरिएका ११ जना बेपत्ताको खोजी तीव्र

0
Shares

संखुवासभा। संखुवासभामा गएको पहिरोमा परेर हराइरहेका ११ जनाको खोजी तीव्र बनाइएको बताइएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको स्थानीय सुरक्षाकर्मीबाट खोजी भइरहेको जानकारी दिनुभयो ।

जिल्लामा गएको पहिरोमा परी १ सय ३८ घर विस्थापित भएको र सबैलाई पहिरोको जोखिम कम भएको क्षेत्रमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

लगातारको वर्षाको कारण बाढी र पहिरोको जोखिम भइरहेकाले तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

बाढी र पहिरोबाट धनजनको क्षति कम गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत् काम भइरहेको उहांले बताउनुभयो ।