यी हुन् सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आजाबाट जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका विभिन्न सेवा बन्द भएका छन् ।

काठमाडौँ , ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच आज बसेको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा कोरोना संक्रमितका संख्या बढेसँगै विभिन्न सेवा प्रवाहमा रोक लगाइएको बैठकले जनाएको छ । संक्रमणले विकराल रुप लिदैँ गएपछि आइतबारदेखि उपत्यकामा सटडाउन गरिने भएको छ । यस्तै, काठमाडौँका प्रमुख व्यापारीक केन्द्र असन, महाबौद्ध, न्यूरोड क्षेत्र भने आज मध्यरातदेखि नै सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै संचालनमा रहने र बन्द भएका सेवाहरुबारे जनाकारी दिएको छ । जसमा शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, ठाडो निवेदन र उजुरी सम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन कार्य खुला रहने छन् भने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा बन्द रहने छन् ।