काठमाडौँ उपत्यकामा आज मात्रै १०६ संक्रमित थपिए, ठाउँ-ठाउँमा सिल गरियो

188
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका ८८ जना, भक्तपुरका ८ जना र ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँका मुख्य व्यापारीक क्षेत्र समेत सिल गरिएको छ । शुक्रबार मात्रै महाबौद्धका थप तीन व्यापारीमा संक्रमण देखिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच आज बसेको बैठकले महाबौद्ध, असन, इन्द्रचोक र न्यूरोड क्षेब सिल गर्ने निर्णय गरेको छ ।

बैठकका अनुसार आज मध्यरातबाट उक्त क्षेत्र सिल गरिने भएको छ । काठमाडौँमा मात्रै दिनहुँ दर्जनौँ संक्रमित फेला परिरहेका छन् । जसले काठमाडौँ जोखिममा रहेको पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४६४ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भइसकेको छ ।