आज मध्यरातबाट असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने


न्युज अफ नेपाल, काठमाडौं ।

लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यका लगाएत वीरगन्जमा कोरोना संक्रमितको संख्या दिनहु उकालो लाग्ने क्रममा छ । उपत्यकामा समेत दिनहु दजनौँ कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिने भएको छ । उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गर्ने बताएको छ । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको हो ।