आज थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ७० पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज ४ सय २५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।