आज थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ३६० जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज २३३ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५ हजार ३ सय ८९ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेको छ ।