संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई साता अघि तराईका जिल्लामा वन अनुगमनका लागि गएका पाण्डेमा संक्रमण देखिएको छ । उनीसँगै गएका सांसद मीना सुब्बा, प्रेम आलेसहित अन्य ३ कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

वैज्ञानिक वन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाइ तराईका जिल्लामा पठाएको थियो ।