सुनको मूल्य बिहीबार नयाँ रेकर्ड कायम

0
Shares

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बिहीबार एक लाख नाघेको छ । आज (बहीबार)सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेर १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । तर बुधबार सु्न प्रति तोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थिो ।

यसैगरी यसदिन तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।