प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण

0
Shares

जनकपुरधाम । प्रदेश नम्वर २का एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले संचारकर्मीलाई जानकारी दिएका छन ।

गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको जनकपुर अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेकोमन्त्री यादवले बताएका छन ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गरेका छन् । मन्त्री यादव अहिले मन्त्रालयको निवासमको आइसोलेशनमा छन् ।