आज थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज जना ६५ डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भइसकेको छ ।