न्युज अफ नेपाल, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारी कोराना भाइरसबाट संक्रमण भएका भेटिएको छ ।
अख्तियारबाट प्राप्त जानकारी अनुसार अख्तियारमा कार्यरत कर्मचारीहरु मध्ये १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कोरोना भाइरस पोजेटिभ आउनेमा बढी मात्रामा प्रहरी तथा सवारी चालक रहेका बताइएको छ ।
केही दिन अघि मात्र अख्तियारमा कार्यरत झण्डै २ सय कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । १५ जना कर्मचारीको रिपोर्ट पोेजेटिभ आएपछि अख्तियारमा हल्ला खल्ला मच्चिएको त्यहाँ कार्यरत एक कर्मचारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
कोरोना भाइरस पोजेटिभ भेटिएका प्रहरीहरु विशेष गरी भ्रष्टाचारमा आशंकित भएका ब्यक्तिहरुलाई पक्राउ गर्न जाने तथा वयान लिने कार्यमा सम्मिलित हुने गरेका थिए । उनीहरु विशेष गरी अप्रेसन टोलीमा सहभागी हुने गर्दथे ।











प्रतिक्रिया