त्रिविको ताला खुल्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सेवा आयोगको कार्यकक्षमा लगाएको ताला खोल्ने अन्तरिम आदेश दिएको भोलीपल्ट सोमबार ताला खोलेका छन् । फाइल बढुवामा परेका दुई कर्मचारीले दिएको रिटमा उच्च अदालतले ताला खोल्ने आदेश दिएको थियो ।

फाइल बढुवा भएर अवकाश हुन लागेका महेश्वर मान श्रेष्ठले त्रिवि कार्यकारी र प्रताजन्त्रवादी प्राध्यापक संघ विरुद्ध रिट दायर गराउनुभएको थियो । उक्त रिटको सुनुवाई गर्दै ताला खोल्न अन्तरिम आदेश दिएको थियो ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कार्यकारी परिषद्ले निर्णय नगर्दा बढुवा समेत खोसिने भएपछि कर्मचारीले दायर गरेको रिटमा उच्च अदालतले ताला खोल्न आन्तरिम आदेश दिएको र सो लगत्तै लगत्तै सोमबार दिउँसो ताला खोलिएको जानकारी दिनुभयो ।

कर्मचारीको सम्वेदनशीलतालाई बुझेर निर्णय गरेपछि सोको आधारमा ताला खोलिएको उपकुलपति प्राडा बास्कोटाले जानकारी दिनुभयो । श्रेष्ठ सहित दुईजना कर्मचारीले रिट दायर गराउनुभएको थियो ।

ताला खोले लगत्तै सोमबार दिउसोबाटै नियमित कार्यालय सञ्चालन गरीएको त्रिविले जनाएको छ । लगातार दुई सातादेखिको तालाबन्दीले त्रिवि कार्यकारी परिषद, सेवा आयोग , उपकुलपति, रेजिष्ट्रार रेक्टरको कार्यालयबाट सम्पादन हुने सबै काम ठप्प थियो । भोलीबाट सबै नियमित काम शुरु हुने त्रिविले जनाएको छ ।