६१ लाखमा मर्मत गरेको सडक जस्ताको त्यस्तै

0
Shares

सञ्जय कार्की, रौतहट ।

राजमार्गको खाल्डाखुल्डी मर्मत गरेको महिना दिन नबित्दै जस्ताको त्यस्तै भएको छ ।

सडक डिभिजन कार्यालय रौतहट बाट पुर्ब पश्चिम राजमार्गको धन्सार– बाग्मती सडक खण्डको अबस्था यतिखेर जीर्ण बनेपछि सडकको आवागमन कष्टकर र जोखिमपूर्ण बनेको छ । सडक भत्किएर बिभिन्न स्थानमा खाल्डाखुल्डी परेको छ । गत आर्थीक बर्षमा खाल्डाखुल्डी मर्मत गरेको सडक डिभिजन कार्यालय रौतहटले जनाएपनि मर्मतको नाममा सडक डिभिजन कार्यालयका प्रमुख सहितका प्राबिधिक कर्मचारीले अनियमितता गरेको कारण एकमहिनामै भत्किएको आरोप रहेको छ ।

सडक डिभिजन कार्यालय रौतहट बाट सोनी कन्स्ट्रक्सले ६१ लाख रुपैयामा राजमार्गको खाल्डाखुल्डी मर्मत गरेको जनाइएको छ । गत असाढ महिनामा मर्मत गरेको भनिएको राजमार्गमा एक महिनामै जताततै खाल्डाखुल्डी भएपछि दुर्घटनाको खतरा समेत बढेर गएको छ । सडकको अहिलेको अवस्था हेर्दा यतिबेला आवागमन गर्नेका लागि अभिसाप बनेको सबारी साधनका चालकहरु बताउछन । राजमार्गमा कार, जीप जस्ता साना सबारी साधन मारमा पर्ने गरेको छ । खाल्डाखुल्डीको कारण चलाउन मुस्किल हुने गरेको फिरोज श्रेष्ठले बताउनु भयो ।

देशकै प्रमुख राजमार्गको रुपमा रहेको सडकमा चार फिट चौडाई र एक फिट सम्म खाल्डो हुदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सडक मर्मतको नाममा बर्षेनी सडक डिभिजन कार्यालय बाट निर्माण ब्यबसायीको नाममा रकम निकासा हुने गरेपनि सडक जस्ताको त्यस्तै हुनु दुर्भाग्य रहेको रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले बताउनु भयो । उता चन्द्रनिगाहपुरको मुख्य चौकमा नाला सफा गर्ने नाममा सडक डिभिजन कार्यालयले खाल्डो बनाएर छाडिदिएको छ । जस्ले गर्दा पैदल यात्रु लाई समेत आवातजावत गर्नमा सास्ति परेको छ ।

सडक डिभिजन कार्यालय रौतहटका प्रमुख दरोगा साहसंग यस बिषयमा बुझ्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहुन भएन ।