के कोरोना संक्रमित आमाले शिशुलाई स्तनपान गराउन हुन्छ ? (भिडियोसहित)

1.03k
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

कोरोना संक्रमण भएकी आमाले स्तनपान गराउँन हुने चिकित्सक तथा नर्संहरुकै संस्थाले विश्व स्तनपान सप्ताह मनाईरहँदा भिडियो मार्फत उक्त सन्देश सार्वजनिक गरेका छन् ।

विश्व स्तनपान दिवसका अवसरमा सपोर्ट ब्रेसफिडिङ फर अ हेल्दियर प्लान, प्याड्रयाटिक नर्सेस एशोसियसन अफ नेपाल, नेपाल प्याड्रयाटिक सोसाईटि, नर्सेस म्वाईस फर यु नामक संस्थाले स्तनपानको महत्व र कसरी स्तन पान गराउने भन्ने बारेमा छोटो भिडियोनै तयार पारेको छ । सोही भिडियोमा कोरोना संक्रमित आमाले सरसफाईमा ध्यान दिएर माक्स लगाई बच्चालाई स्तनपान गराउन हुने कुरा उल्लेख गरेको छ ।

भिडियोमा आमाको दुध नै बच्चाको लागि उत्तम आहार हो । कुनै विशेष अवस्था बाहेक ६ महिना सम्म शिशुलाई पानी पनि खुवाउँन नहुने उल्लेख गरिएको छ । स्तन पानले आमा बच्चा दुबैलाई फाइदा हुने कुरा उक्त भिडियोमा उल्लेख गरिएको छ । स्तनपानले आमालाई स्तन र डिम्बासयको क्यान्सरबाट समेत बचाउने र आर्थिक रुपमा समेत कम खर्च हुने उल्लेख गरिएको छ ।

सोही भिडियोमा आमाको दुधबाट कोरोना सरेको नपाईएकोले सरसफाई र माक्स लगाएर बच्चालाई दुध खुवाउन हुन्छ भनिएको छ ।