ग्लोबल आइएमई बैंकको एटीएम थप

0
Shares

काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा शुरु गरेको छ । नया“ एटीएम सेवा थप भएसं“गै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २३६ पुगेको छ ।

उक्त एटीएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दीपक खनाल र मनोज केसीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीका साथै अन्य सर्वसाधारण ग्राहकलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । बैंकले हाल देशैभरी ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २३६ वटा एटीएम, २०१ वटा शाखारहित बैंकिङ सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालयमार्फत २० लाखभन्दा बढी ग्राहकलाईसेवा प्रदान गर्दै आइरहेको छ ।