अमेरिका लाने भन्दै ठगी गर्ने अमेरिकी पक्राउ

0
Shares

काठमाडौ । भक्तपुर बस्ने टुकनारायण श्रेष्ठका छोरा टुकनारायण श्रेष्ठलाई ठगी गरेको आरोपमा प्रहरीले अमेकिरी नागरिक डानियल लि मगेइलाई पक्राउ गरेको छ ।
श्रेष्ठको नाममा रहेको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गराइृदिने भन्दै १० लाख रुपिया लिएर सम्पर्क बिहीन भएपछि श्रेष्ठले महानगरीय अपराध महाशाखामा उजुरी दर्ता गराएका थिए ।
अमेरिकी नागरिक डानियलले सुजन थापा र सन्दिप कार्कीलाई बिजनेश भिषामा अमेरिका लैजाने भन्दै प्रतिब्यक्ति ५ लाख रुपिया समेत ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडित संग पैसा लिएपछि क्षेत्रपाटीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । डानियलले अन्य ब्यक्तिलाई समेत ठगी गरेको आशंकामा प्रहरीले जानकारी दिन समेत आग्रह गरेको छ ।