धादिङबाट जारी गरिने सवारी पास बन्द

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबाट जारी गरिने सबै किसिमका सवारी पास अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

काठमाण्डौमा कोरोना भाइरसको महामारी फैलिइरहेको र समूदाय स्तरमा समेत संक्रमण पुष्टी हुन थालेपछि उपत्यका प्रवेशमा कडाइ गर्दै जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको हो । आन्तरिक रुपमा मात्र यातायात संचालन अनुमति रहेको र कोरोना संक्रमणको जोखिम कम हुने उपायहरु अबलम्बन गरेर मात्र संचालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले काठमाण्डौ जिल्ला लगायतका जिल्लाबाट जारी गरिएको सवारी पास वितरण बन्द गरेको उल्लेख गरेको छ । गृह मन्त्रालयले समेत अत्यावस्यक सेवा बाहेकका सवारीलाई साँझ ७ बजेबाट भोलीपल्ट विहान ७ बजेसम्मका लागि सबै किसिमको सवारी आवागमनमा काठमाण्ठौ ललितपुर भक्तपुर प्रवेशमा रोक लगाएको सूचना जारी गरेको थियो ।