आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १५१ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुुगेको छ ।