बालुवाटारबाट पक्राउ परे इनफ इज इनफका समर्थक (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारी नियन्त्रणलगाएत स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै बालुवाटारमा शान्तिपूर्ण विरोधमा उत्रिएका इनफ इज इनफका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ । दिनप्रति दिन कोरोना महामारी फैलिने जोखिम बढे पनि सरकारको यसतर्फ ध्यान नपुगेपछि इनफ इज इनफ अभियन्ताहरु अन्सनरत छन् । उनीहरुको मागलाई समर्थन गर्दे विभिन्न युवा समूहले आज बालुुवाटार अघि विरोध जनाएका हुन् ।

कोरोना महामारी फैलिने जोखिम बढेसँगै नागरिक र प्रहरीले नै सामाजिक दुरिको भने बेवास्ता गरेको देखिएको छ । विरोधमा संलग्न भएका युुवाहरुलाई प्रहरीको हुल नै आएर पक्राउ गरेको छ । यस्तै, युट्युव पत्रकारले समेत सामाजिक दुरीको उल्लंघन गरेको देखिन्छ । संक्रमणको उच्च जोखिम बढेसँगै पत्रकारलाई समेत सामाजिक दूरीको पालना गर्न आग्रह गरिएको छ । तर, केही समय यता ह्वात्तै बढेका युट्युव पत्रकारले भने त्यस कुरालाई नजरअन्दाज गर्दै आएका छन् ।

तस्वीर : अनिल आङदेम्बे