‘प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन’ : मन्त्री भट्ट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीको विकल्प कोही पनि नभएको बताएका छन् ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले ५ वर्षसम्म केपी शर्मा ओली नेतृत्वकै सरकार कायम रहनुपर्ने बताए । ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् ’ भट्टले भने । सरकार ढाल्ने बाटोमा लाग्दा देश अस्थिरतातर्फ जाने भएकाले दुई अध्यक्ष मिलेर अगाडि बढ्नुपर्ने उनले जनाए ।

भट्टले भने,‘ सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन् ।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ । उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’  भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जनाएका छन् ।

यस्तै, बाढीपहिरोका कारण आपूर्ति प्रभावित भएकालेतरकारीको मूल्य समेत महंगो भएको बताउदै भने ‘मागका अनुपातमा आन्तरिक उत्पादन कम भएकोले थोरै अवरोध हुनासाथ मूल्य बढ्ने गरेको छ,’ उनले भने, ‘यस विषयमा मन्त्रालयले सम्बन्धित निकायमा आवश्यक निर्देशन दिइसकेको छ, तत्कालै मूल्य नियन्त्रण हुन्छ।’