नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखाद्वारा त्रीपाल वितरण


भूपराज बस्याल, स्याङ्जा ।

अत्यधिक बर्षात संगै घर जग्गा जोखिममा भएकाहरुका लागि नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखाले बिहीवार त्रीपाल वितरण गरेको छ ।

गल्याङ नगरपालिका ३ मा रहेको उपशाखाको आफ्नै भवनबाट त्रीपाल वितरण गरिएको हो । बर्षातसंगै घरगोठ जोखिममा रहेकाहरुलाई केही राहत स्वरुप उक्त त्रीपाल वितरण गरिएको उपशाखाका सभापति लक्षण भट्टराईले जानकारी दिनुभयो । उहाले भन्नुभयो सस्थाको उदेश्य अनुरुप मनकारी मनहरु बाट संकलित सामाग्रीहरु पीडित पक्षसम्म पुर्याएका हौ ।

यस बर्षातको समयमा मात्रै पटकपटक गरि ४८ जनालाई त्रीपाल वितरण गरिएको सभापति भट्टराईले जानकारी दिनुभयो । हाललाई त्रीपाल सकिएको हुँदा उक्त त्रीपाल वितरण कार्यक्रम पनि सकिएको उहाँले जानकारी दिनुभयो ।

उपाशाखाका सभापति लक्षण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव राजेन्द्र देव खनालले गर्नुभएको थियो । कार्यक्रम संचालन गर्दै खनालले विभिन्न देशमा रहेका नेपालीहरुलाई यस उपशाखालाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो हजुरहरुले दिएको सहयोग सम्बन्धित पक्षसंग पुर्याउन यस नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखा तत्पर छ ।

विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यस उपशाखाले २०६३ साल देखि निरन्तर गल्याङ आसपासका क्षेत्रमा काम गर्दै आएको छ ।