कमलादी सुन काण्डमा प्रयोग भएको गाडी भेटियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कमलादीमा प्रहरीसमक्ष १५ किलो नक्कली सुन र हतियार छोडेर भागेको गाडी बरामद भएको छ ।

घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो नख्खीपोटस्थित निर्माणाधीन घरमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संग्लन ३ जना पक्राउ परेलगत्तै गाडी बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले घटनामा संलगन पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको छ ।