विश्वकै उत्पीडनमा परेकाहरुको आवाज मार्टिन लुथर किंग



अमेरिकाका एक पादरी, अभियन्ता तथा आन्दोलनकारी अफ्रिकी अमेरिकी नागरिक डाक्टर मार्टिन लुथर किंग जुनियर नागरिक अधिकारीको संर्घर्षका प्मुख नेता थिए । उनलाई अमेरिकाका गान्धी पनि भनिन्छ । उनको प्रयत्न र अभियानले अमेरिकामा नागरिक अधिकार क्षेत्रमा प्रगति भएको हो । त्यसैले उनलाई आज मानव अधिकारका प्रतीकका रुपमा हेरिन्छ । दुईवटा चर्चले उनलाई सन्तका रुपमा मान्यता पनि प्रदान गरेको छ ।

मार्टिन लुथरको जन्म सन् १९२९ मा अमेरिकाको अटलान्टामा भएको थियो । डाक्टर किंगले अमेरिकामा निग्रो समुदाय प्रति हुने गरेका भेदभाव विरुद्ध सफल अहिंसात्मक आन्दोलन थालेका थिए । सन् १९५५ मा उनको जीवनको निर्णायक मोड थियो । यसै बर्ष कोरेटासँग उनको विवाह भयो ।

उनलाई एक पटक अमेरिकाको दक्षिणी प्रान्त अल्बामाको मोन्टगोमरी शहरको डक्सटर एवेन्यु बापटिस्ट चर्चमा प्रवचनका लागि बोलाइएको थियो । सोही बर्ष मोन्टगोमरीको सार्वजनिक बसमा काला–गोराको भेद विरुद्ध एक महिला रोज पाक्र्सले गिरफ्तारी दिएकी थिइन् । त्यसपछि मार्टिन लुथरले प्रसिद्ध बस आन्दोलन चलाएका थिए ।

पुरै ३ सय ८१ दिन सम्म चलेको उक्त सत्याग्रही आन्दोलनपछि अमेरिकामा बसमा काला गोरा यात्रीका लागि अलग अलग सिट राख्ने प्रावधान समाप्त भएको थियो । त्यसपछि उनले धार्मिक नेताहरुको मद्दतबाट समान नागरिक कानुन आन्दोलन अमेरिकाको उत्तरी भागमा पनि फैलाए । उनलाई सन् १९६४ मा विश्वशान्तिका लागि सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । कयौं अमेरिकी विश्वविद्यालयले उनलाई मानार्थ उपाधिहरु दिए । धार्मिक तथा सामाजिक संस्थाहरुले उनलाई सम्मानमा मेडल प्रदान गरे । टाइम पत्रिकाले उनलाई सन् १९६३ को म्यान अफ द इयर चयन गरेको थियो । उनी महात्मा गान्धीको अहिंसक आन्दोलनबाट अत्यन्तै प्रभावित थिए । गान्धी कै आदर्शमा अगाडी बढ्दै मार्टिन लुथर किंगले अमेरिकामा धेरै सफल आन्दोलन चलाए, जसलाई अकिकांश गोराहरुको पनि समर्थन प्राप्त थियो ।

मार्टिन लुथरले अखबारमा कयौं लेख लेख । स्ट्राइड टुवार्ड फ्रिडम (१९५८) र ह्वाइ वी क्यान नट वेट (१९६४) उनले लेखेका दुई पुस्तक हुन् । सन् १९५७ मा उनले साउथ क्रिश्चियन लिडरसिप कन्फ्रेन्सको स्थापना गरे ।

डाक्टर मार्टिन लुथरको एक लोकप्रिय बाणी थियो – हामी त्यो होइनौं, जुन हामी हुन पथ्र्यो र हामी त्यो होइनौं, जुन हामी हुन गइरहेका छौं, तर इश्वरलाई धन्यवाद छ की हामी त्यो पनि होइनौं, जुन हामी हौं ।

सन १९६८ अप्रिल ४ मा गोली हानी उनको हत्या 

आफनो बाल्यकालको स्मरण गर्दै उनले भनेका थिए – प्रत्यक अभिभावले कुन न कुनै बेला आफनो बच्चालाई जीवनको तथ्य बुझाउनु पर्ने समस्यको सामना गर्नु पर्ने हुन्छ । त्यसैगरी हरेक निग्रो अभिभावकलाई आफनो सन्तानलाई संगभेद सम्बन्धी तथ्य बताउनु पर्ने हुन्छ । मेरी आमाले मलाई काखमा राखेर बुझाउन थालेकी थिइन् , कसरी हाम्रो देशमा युगौं पहिला दास परम्परा चलेको थियो फेरी गृहयुद्धपछि कसरी त्यसको अन्त्य भयो । मेरी आमाले मलाई यो पनि बताएकी छिन् कि दक्षिणमा रंगभेदका आधारमा सबै काम हुन्छ । स्कुल, होटल, थिएटर, बस्ती आदी सबै स्थान रंगका आधारमा अलग अलग बनेका छन् । पानीका धारामा कुन गोरा कुन कालाका लागि हो साइन बोर्डमा सुचना राखिएको हुन्थ्यो ।

यो भेदभाव कुनै स्वाभावित विधान होइन, बल्की मनुष्यकृत सामाजिक नियम हुन् । त्यसपछि उनले ती शब्दहरु भनिन्, जुन करिब सबै निग्रोले आफुमाथि भइरहेको अन्याय थाहा पाएपछि सुन्नु पुर्ने हुन्छ, अरु जस्तै तिमी पनि त्यति नै असल हो ।

मार्टिन लुथर केही त्यसता नेताहरुको पंक्तीमा पर्छन् जसले आफनो बलबुटामा पुरै देशको दिशा र अवस्था परिवर्तन गरे । उनलाई अमेरिकामा निग्रोलाई उनीहरुको मौलिक अधिकार दिलाउनका लागि मात्र नभएर विरव भरी नै उत्पिडनमा परेका समुदायको अधिकारका लागि हुने आन्दोलनका प्रतिकका रुपमा स्मरण गरिन्छ । महात्मा गान्धीले देखाएको अहिंसा तथा सत्यको मार्गमा हिडेका मार्टिन लुथर किंगले सन् १९६३ अगस्ट २८ मा एक ऐतिहासिक भाषण दिएका थिए , आइ हेव अ ड्रिम ।

वासिंगटनको क्यापिटल हिल बाहिर भएको उक्त भाषण रोक्न तात्कालिन राष्ट्रपति जोन एफ केनेडी सरकारले धेरै प्रयास गरेको थियो र मार्टिन लुथरलाई त्यस अघि नै गिरफ्तार गर्न खोजिएको थियो । तर उक्त भाषण सुन्नका लागि ओर्लेको अथाह मानव सागरका कारण केनेडीको योजनामा पानी फेरिदियो । भाषणले उत्तेजना फैलाउन सक्ने र हिंसा फैलिन सक्ने त्रास केनेडीलाई थियो तर मार्टिन लुथरको उक्त भाषणको प्रशंशक उनी आफै भएका थिए ।

उक्त भाषणपछि केनेडीले मार्टिन लुथरसँग पहिलो पटक भेट्दा अभिवादन सँगै उनकै भाषणको अंश आई हेव अ ड्रिम डोहोर्याएका थिए ।
भाषणमा उनले भनेका थिए – आजको यो अवसरमा म तपाईहरुको माझ हुन पाउँदा म अत्यन्तै खुसी छु, जुन यो देशको इतिहासमा स्वतन्त्रताका लागि गरिएका सबैभन्दा ठुलो प्रदर्शनको रुपमा चिनिनेछ ।

सय बर्ष अघि, एक महान अमेरिकी, जसको प्रतिकात्मक छायामा हामी सबै उभिएका छौं, ले एक मुक्ती उदघोषणामा हस्ताक्षेर गरेका थिए । यो महत्वपुर्ण निर्णयले अन्याय सहेर बसेका लाखौं गुलाम निग्रोको मनमा आशाको एक किरण जोगेको थियो । यो खुसी उनीहरुका लागि लामो समयसम्म अन्धकारमा कैद भएर बसेपछि दिनको उज्यालोमा निस्कनु समान थियो ।

भाषणमा मार्टिनले अहिले कठिनाइको सामना गर्नु परिरहेको भएपनि आफनो एक सपना भएको र जसको जरा अमेरिकी सपनामा निहित भएको बताएका थिए । उनले देशको विभिन्न स्थानको नाम लिँदै ती ठाउँहरुबाट स्वतन्त्रताको आवाज उठ्न दिनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्